Section 11
सशस्त्र प्रहरी सेवा आयोग
:
(१) सशस्त्र प्रहरी सेवाको खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा नियुक्तिका लागि अख्तियारवालासमक्ष सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहेको सशस्त्र प्रहरी सेवा आयोगको गठन हुनेछ :–
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य – अध्यक्ष
(ख) नेपाल सरकारको सेवामा बहाल रहेका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाटनेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
(ग) सचिव, गृह मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (विशिष्ट श्रेणी), नेपाली सेना – सदस्य
(ङ) सशस्त्र प्रहरी महानिरीक्षक – सदस्य–सचिव
(२) आयोगको अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ र निजहरू पुनर्नियुक्तिका लागि योग्य हुनेछन्।
(३) आयोगको अध्यक्ष तथा सदस्यको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(४) आयोगले निर्धारण गरेको प्रक्रिया र आधारमा उम्मेदवारको उपयुक्तता जाँची नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिश गर्नेछ ।
(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदपूर्तिको लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ ।
(५) आयोगले आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।
(६) आयोगकोअन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
(७) आयोगले आफ्नो काम, कर्तव्य र अधिकारमध्ये कुनै काम, कर्तव्य र अधिकार आफ्नो कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी सुम्पन सक्नेछ ।